समाचार

अटो दुर्घटनामा चालकको मृत्यु


काठमाडौँ – उदयपुरको उदयपुरगढी गाउँपालिका-७ अधेरीस्थित सडकमा नेपालटारबाट गाईघाटतर्फ जाँदै गरेको अटो अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
दुर्घटना परी त्रियुगा नगरपालिका-१२ बस्ने १८ वर्षीय मोहमत रूस्तमको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य १ जनाको विराटनगर नर्सिङ होममा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।