काठमाडौँ – मलेसियामा जारी एसीसी मेन्स अन्डर-सिक्स्टिन ईस्ट जोन क्रिकेटको फाइनल प्रवेशका लागि नेपालले सिंगापुरलाई १ सय ८५ रनको विजयी लक्ष्य दिएको छ ।
मलेसियाको बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रन बनायो । नेपालका लागि सुर्यांशु कोइरालाले ४९ बलको सामना गर्दै ४३ रन बनाउँदा निरज कुमार यादवले ४९ बल नै खेल्दै ४२ रन बनाए ।
नेपाली टोलीका क्याप्टेन अविशेक तिवारीले २५ रन बनाउँदा सन्तोष यादवले १८ रन बनाए। यस्तै प्रतिक भट्टराईले १२ रनको योगदान गरे भने दिपु कुमारले नटआउट १२ रन नै बनाए । सिंगापुरका हरिहरणले ३ विकेट लिए भने हर्ष भेङ्कटम र कविर विरालाले समान २ विकेट लिए ।
घरेलु टोली मलेसियालाई पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपाल आज सिंगापुरलाई पराजित गर्दै फाइनलमा स्थान बनाउन चाहन्छ । सेमिफाइनलको अर्को खेलमा मलेसियाले हङकङलाई १ सय ५६ रनको विजयी लक्ष्य दिएको छ । उपाधिका लागि दुई विजेता टोली र तेस्रो स्थानका लागि दुई पराजित टोलीबीच भोलि नै खेल हुने छ ।
प्रतिक्रिया