Breaking

राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न नपाइने बनाऔँ : गगन थापा


काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्नेकुरालाई स्थापित गर्नुपर्ने बताएका छन् ।

आज स्व। गिरिजाप्रसाद कोईरालाको १०० औं जन्मजयन्तीको अवसरमा काठमाडौँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयलाई शतप्रतिशत राजनीतिबाट टाढा राख्नुपर्ने बताएका हुन् ।

महामन्त्री थापाले दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई अन्त्य नगरेसम्म विश्वविद्यालय माथि उठ्न नसक्ने बताए । उनले कुनैपनि दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारी कसैलाई पनि विश्वविद्यालयले चिन्दैन भन्नेकुरा स्थापित गर्नुपर्नेमा जोड दिए ।

विश्वविद्यालयको अवस्था झनै कहालीलाग्दो भएको र यसको दोष राजनीतिक दल र सरकारको नेतृत्व गर्नेहरूले लिनुपर्ने बताउँदै उनले उच्च प्राथमिकतामा राखेर संसदमा तत्काल, संघीय शिक्षा ऐन ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराए ।

महामन्त्री थापाले भ्रष्टाचारका बिरूद्धमा प्रधानमन्त्रीको नेतृत्वमा जोसुकै परे पनि छोड्दिन भनेर जो संकल्पका साथ अघि बढिरहेको बताउँदै त्यसमा सबैको शतप्रतिशत साथ रहेको समेत बताए ।