Breaking

हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्छः सांसद सुवाल


काठमाडौँ– प्रतिनिधि सभा सदस्य प्रेम सुवालले हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्ने बताउनुभएको छ । आईतवार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०८० माथिको छलफलमा बोल्दै प्रतिनिधि सभा सदस्य सुवालले हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्ने बताउनुभएको हो । उहाँले सार्वजनिक यातायातमा भने पूर्वाधार विकास कर लगाउनु नहुने बताउनु भयो । उहाँले रु. ३०० सम्मको सिमकार्ड रिचार्जमा २ प्रतिशत शुल्क नलाग्ने गर्नुपर्ने बताउनु भयो । त्यस्तै निजी दूरसञ्चार प्रदायक राज्यको स्वामित्वमा ल्याउनुपर्ने पनि बताउनु भयो । उहाँले बिदेशबाट ल्याउने चामलमा कर नलाग्ने भएकाले चिनीलाई चामल भनेर कर छली गरी भित्राइरहेको बताउनु भयो । त्यस्तै छलफलमा बोल्दै प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले आर्थिक वर्ष २०८०÷८१ को बजेट गरिबको लागि नबनेको बताउनु भयो । उहाँले खानेकुरामा समेत कर लगाइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले अर्थ विधेयकमा गरिब मान्छेका लागि केही नभएको बताउनु भयो ।