Breaking

नेकपालाई एकतावद्ध गर्नुपर्छः प्रधानमन्त्री


काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले तत्कालीन नेकपालाई एकतावद्ध गर्नुपर्ने बताउनुभएको छ । आज भक्तपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा घोषणाको बेलामा पनि फेरि नेकपातिरै फर्किनुपर्ने र फेरि पार्टीलाई एकतावद्ध गर्नुपर्ने कुरा उल्लेख गरेको बताउनु भयो । उहाँले त्यसका लागि समाजवादी मोर्चा बनाएर बामपन्थीहरुलाई एकतावद्ध गर्ने पहल शुरु गरिसकेको पनि बतउनु भयो । उहाँले कम्युनिष्ट शक्तिलाई एकतावद्ध गर्दा देशमा समाजवादको एउटा नयाँ यात्रा अघि बढ्नसक्छ भन्ने ठानेर आफूले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कम्युनिष्टहरुलाई एकतावद्ध गरेको बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले तत्कालीन नेकपामा रहेका बेला भएका त्रुटीलाई सच्याएर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।।