Breaking

संसदमा सभामुखको फोटो छ हाम्रो छैनः इन्दिरा राना


काठमाडौँ — संसदमा उपसभामुखको फोटो नराखेकोप्रति इन्दिरा रानाले असन्तुष्टि जनाएकी छिन् । ६५ औं संसद दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफूप्रति पूर्वाग्रह राखेको जस्तो लागेको बताइन् । ‘भित्र पस्नेबित्तिकै त्यहाँ सम्माननीय सभामुखज्यूको यत्रो फोटो राख्नुभएको छ ।

हाम्रो त छैन । उपसभामुखलाई वायस गरेको जस्तो पनि लाग्छ । यो कुरा मनन गर्नुपर्छ’ उनले भनिन् । आफूले केही समयअघि सिंगापुरको संसदको भ्रमण गरेको र सो क्रममा सभामुखको फोटो विगतदेखि वर्तमानसम्म राखेको भन्दै नेपालमा भने त्यस्तो हुन नसकेको बताइन् ।