Breaking

बिहान ८ बजेसम्मका लागि बैठक स्थगन गर्न मुख्यमन्त्री कार्कीको आग्रह


काठमाडौँ — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहान ८ बजेसम्मका लागि बैठक स्थगन गर्न माग गर्दै सभामुखलाई पत्र पठाएका छन् ।

जवाफ दिन तयारी गर्न समय अपुग भएको भन्दै दलमार्फत पत्र पठाएको सभामुख बाबुराम गौतमले जानकारी दिए । संसद्‌मा उठेका प्रश्नको जवाफ तयार पार्न भन्दै हिँडेका मुख्यमन्त्री नआएपछि सदन चल्न सकेको छैन । उनले यसअघि सभामुखलाई फोन गरेर थप एक घण्टाको समय मागेका थिए ।