Breaking

म त सपनामा पनि एमाले नै देख्छुः राजेन्द्र राई


काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) कोसी प्रदेश संसदीय दलका नेता तथा केन्द्रीय कमिटी सचिव राजेन्द्र राईले आफूले सपनामा पनि एमाले नै देख्ने र भाषण गर्ने गरेको बताएका छन् । आज प्रदेश सभाको बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत माग्न गरेको प्रस्तावमा बोल्दै राईले आफूलाई ‘एमालेमै फर्किऊँ, फर्किऊँ जस्तो लागेको’ पनि बताए । तर, एमालेले पेल्ने नीति अझै लिएको छ ।

यस्तोमा अहिले नै मत माग्दा दिन सकिँदैन’, उनले भने । एमालेबाट छुट्टिएको करिब दुई वर्षपछि सचिव राइले यस्तो धारणा सार्वजनिक गरेका हुन् । ‘एमाले कै झण्डा बोकेर हिडेको देख्छु । एमालेकै तर्फबाट ढुंगामुडा गरेको देख्छु ।

जतिबेला पनि एमाले नै देख्छु,’ राईले भने, ‘तर एमालेले हामीलाई लिन चाहेन । अरु बेला खोजेन । अहिले विश्वासको मत चाहिने बेलामा मात्र खोज्यो । राईले पार्टी एकीकरण गरेर एक नै हुन सकिने र एउटै संसदीय दल समेत बनाउन सकिने जिकिर गरे ।