Breaking

प्रचण्डको ठाडो जवाफ, झस्किए ओली–रवि,विकासको तुफान आउँदैछ


काठमाडौँ — सदनमा सांसदहरुको प्रश्न र सरकारको लिखित जवाफ नियमित प्रक्रिया मानिन्छ । सदनको सवाल जवाफ केवल औपचारिकताको आरोप खेप्दै आएका बेला बुधवारको सवाल जवाफ भने भिन्न रह्यो । बजेट केन्द्रित प्रश्नहरुको जवाफ दिन रोष्टम पुगेका प्रधानमन्त्रीलाई सांसदहरुले राजनीतिक प्रश्न सोधेपछि प्रधानमन्त्रीले हरेक प्रश्नको जवाफ समेत खिपेरै दिएका छन ।

संधै सांसदहरुको प्रश्न प्राप्त भएपछि सदनमा लिखित बोकेर रोस्टम उक्लने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवार भने सदनमै सांसदहरुको प्रश्न डायरीमा टिपेर रोष्टमबाट जवाफ दिएका छन् । प्रश्न अनुसार नै तत्काल मुखभरीका जवाफ दिन उनले कुनै कन्जुस्याईं गरेनन् ।

प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजि पन्तको प्रत्येक प्रश्नको जवाफ मात्र दिएनन् सुझावको समेत अपेक्षा गरेको बताए । उनले इपिजि प्रतिवेदनवारे एमाले अध्यक्ष के.पि शर्मा ओलीलाई इंकित गर्दै अघिअघि पनि सरकार थिए, उहाँहरूले सबै भइदिएको भए मैले गर्नै पर्दैन थियो नि ? भन्दै उल्टो प्रश्न तेर्साए ।

प्रतिपक्षको कित्तामा रहेका अझ भनौँ नेकपा एमालेले उठान गरेकै विषयमा होमा हो थपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई सरकारको उपलब्धी बताइरहँदा त्यो उपलब्धीले भर्खरै नेपालका अस्पतालहरूमा शैक्षिक संस्थाहरूमा आम नागरिकले के पाइरहेका होलान् भनेर सोधेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले सरकारले दिनदुःखी नागरिकहरूलाई तत्कालै सुविधा दिलाउनेगरी लागि परेको जवाफ दिए ।

मुलत बजेटमाथी उठेका प्रश्नको सवाल जवाफमा भाग लिन पुगेका प्रधानमन्त्री प्रचण्डले आफ्नो ६ महिने कार्यकालको फेहरिस्त सुनाईसकेपछि सांसदहरुले प्रश्न उठाएका हुन् । सदनमा एमाले र रास्वपाले प्रधानमन्त्रीलाई प्रश्नको वर्षा गराउँदा प्रधानमन्त्री प्रचण्डले पेचिलो जवाफ फर्काएका हुन् ।