काठमाडौँ – एसीसी यू–१६ इस्टर्न जोन कपमा नेपालले थाइल्यान्डलाई २७० रनको लक्ष्य दिएको छ ।
मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २६९ रन बनाएको छ ।
नेपालका लागि निरज कुमार यादवले ४३ बलमा ७४ रन बनाए । आक्रामक बलिङ गरेका उनले ७ चौका र ६ छक्काको मद्दतमा ७४ रन बनाएका हुन् । यस्तै नरेन भट्टले ४३ बलमा ५५ र सूर्यांशु कोइरालाले ५५ बलमा ४० रन बनाए ।
नेपाल यो खेल जितेमा मलेसियासँगै सेमिफाइनल पुग्ने छ । थाइल्यान्ड समूह ‘ए’ को पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो ।
प्रतिक्रिया