Breaking

नापतौलका लागि निकालिएको पशुपतिको जलहरी आज पुनस्थापना गरिँदै


काठमाडौँ – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिनका लागि निकालेको पशुपतिनाथस्थित ज्योर्तिलिङ्गको जलहरी बुधबार पुनस्थापना गरिने भएको छ ।

जलहरीमा प्रयोग भएको सुनको तौल र गुणस्तरबारे विवाद भएपछि अख्तियारको टोलीले गत आइतबार जलहरी निकालेर छानविन गरेको थियो ।

भारतको कर्नाटकबाट आएका भास्कर भट्टको टोलीले तीन दिनसम्म विशेष क्षमा पूजा गरिरहेको र पुजा सकिएपछि जलहरीको पुनस्थापना गरिने छ ।

जलहरी जडानका लागि आवश्यक पर्ने लाहा पनि भारतबाट आइसकेको छ । मंगलबार राती भारतको बैंगलोरबाट ४० किलो लाहा नेपाल आइपुगेको हो ।