Breaking

एमाले र रास्वपाको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित


काठमाडौँ – प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले अवरुद्ध पारेसँगै प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको हो।

सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गर्दै एमाले र रास्वपाले सदन अवरुद्ध पारेका हुन्। सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।