Breaking

धनगढी उडेको श्रीएयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौँ फर्काइयो


काठमाडौँ – आइतबार काठमाडौँबाट धनगढी उडेको श्रीएयरलाइन्सको जहाजमा समस्या देखिएपछि पुनः काठमाडौँ नै फर्किएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान ७ः५० मा उडेको श्रीको जहाज ८ः२० मा पुनः त्रिभुवन विमानस्थलमा फर्काएर ल्याण्ड गरिएको जनाएको छ । जहाजमा प्रेसराइजेसनको समस्या देखिएपछि काठमाडौँमै फिर्ता भएको हो ।

जहाजमै केही समस्या हो वा कुनै त्रुटिले भएको हो भन्ने विषयमा अध्ययन हुने जनाएको छ । जहाजमा ७९ जना यात्रु थिए । ती यात्रुलाई अर्कै जहाजमा राखेर धनगढी पठाउने तयारी भएको छ ।