Breaking

राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार आवश्यक पर्दैन : एमाले सांसद पन्त


काठमाडौँ — नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार आवश्यक नभएको बताएका छन् । प्रतिनिधिसभामा बसेको बैठकमा बोल्दै उनले राष्ट्रपति र उपराष्ट्रपतिले सल्लाहकार राखेर जनताले तिरेको करको दुरूपयोग गरेको आरोप लगाए ।

पन्तले भने, ‘हाम्रोमा राष्ट्रपतिलाई सुरूदेखि नै सल्लाहकार दिँदै आयौँ । भारतमा १५ जना राष्ट्रपति भए तर अहिलेसम्म सल्लाहकार राखेको छैन । अहिले राष्ट्रपति र उपराष्ट्रपतिसँग सम्बन्धित कानुन हेर्दा राष्ट्रपतिका ७ जना उपराष्ट्रपतिका लागि ५ जना सल्लाहका राख्ने प्रावधान भनेको छ ।’

पन्तले उपराष्ट्रपतिले विदेश सल्लाहकार राखेकोप्रति आपत्ति जनाए । उनले थपे, ‘उपराष्ट्रपतिलाई विदेश मामिलामा सल्लाह दिन के आवश्यक पर्छ ? राष्ट्रपतिलाई पनि पर्दैन । राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र मन्त्रीपरिषद् हो । उपराष्ट्रपति पदेन राष्ट्रिय सभाको अध्यक्ष हुनुपर्छ । खर्च घटाउने गरी संशोधनमा राष्ट्रिय सहमति यसको विषयमा पनि गरौँ ।’