काठमाडौँ – आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको नेपाली क्रिकेट टिमलाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओलीले ढाडस दिएका छन् ।
मेहनतका बाबजुद पनि परिणाम नआएको भन्दै उनले निराश नहुन नेपाली खेलाडीहरूलाई आग्रह गरेका छन् । साथै ओलीले नेपाल फर्केपछि सँगसँगै खाना खानेगरी भेट्ने प्रतिबद्धता पनि जनाएका छन् ।
सामाजिक सञ्जालमा ओलीले लेखेका छन्–
यात्रा जारी छ ! हिजो मैले नेपाली टिम र नेदरल्याण्डबीचको खेल लाईव हेरेँ । मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भयो, तैपनि हेरेँ । आइसीसी एक दिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौँ । मेहनत जननी हो भने परिणाम शिशु । कहिलेकाहीँ मेहनतका बाबजुद पनि परिणाम प्राप्त नहुन सक्छ । यसबाट निराश हुनु हुँदैन । परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन । मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम ! नेपाल फर्केपछि सँगसँगै खाना खानेगरि भेटौँला । एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ ।
प्रतिक्रिया