Breaking

बागलुङमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, दुई घाइते


काठमाडौँ – जिल्लाको काठेखोला गाउँपालिका-३ धम्जाको रामचालुमा शनिबार राति जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, भने दुई घाइते भएका छन् ।

जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९० नम्बरको जीप दुर्घटना हुँदा धम्जाका १८ वर्षीय विजय विकको मृत्यु भएको प्रहरीले जनाएको छ। विकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

घाइते दुई जनालाई उपचारका लागि बागलुङ सदरमुकाम ल्याइएको सूचना अधिकारी केसीले जानकारी दिए। जीप करिब सडकबाट ५० मिटर तल खसेको बताइएको छ ।