Breaking

कांग्रेस नेतृत्वमा नयाँ सरकार !प्रचण्ड सरकारको भविष्यमाथि किन प्रश्न ?नयाँ समीकरणले गगनलाई के फाईदा ?


काठमाडौँ — समाजवादी मोर्चा गठन र कांग्रेसभित्र भिन्न किसिमले विकास भएको आन्तरिक राजनीतिले प्रचण्ड नेतृत्वको सरकारको भविष्यमाथि प्रश्न उठ्न थालेको छ । यसलाई नयाँ समिकरण निर्माणको सम्भावनाका रुपमा समेत हेरिँदा स्वयम देउवा भने कसरी अघि बढ्छन यसै भन्न सकिने अवस्था छैन । त्यसो भए समिकरण परिवर्तनमा कांग्रेस तयार हुनसक्ने आधार के छ त ? समाजवादी मोर्चा सत्ताघटक कम्युनिष्ट र कांग्रेसविच दरार उत्पन्न गर्ने आधार बन्ने विश्लेषणकाबीचएमाले कांग्रेसका दोश्रो तहका नेता छलफलमा छन ।

अहिलेको सरकार सुरक्षित गर्न वा भविष्यमा सहमतिअनुसार अर्को सरकार बनाउन ५४ सिटसहितको मोर्चा संसद्मा निर्णायक रहने विकल्पले आफू वलियो भएको आशाकै विच यो कदमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत झस्किएका छन । यहिवीचमा सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गठबन्धन सरकार ढाल्ने प्रयासमा रहेको सार्वजनिक अभिव्यक्ति दिएका हुन कम्युनिस्ट पार्टीका नेताले नै कम्युनिस्ट सरकार ढालेर कांग्रेसलाई प्रधानमन्त्री बनाउन कोसिस गर्नु विडम्बनापूर्ण भएको उनको दावीका विच उनले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष ओली चलखेलमा लागेको समेत समेत भन्न भ्याएका छन ।

शनिबार मात्रै पनि कांग्रेसका महामन्त्री गगनथापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका छन् ।सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै कांग्रेसले गठबन्धन गर्नु गलत भएको समेत बताएका उनलेसमाजवादी मोर्चामा अझै नेकपा एमाले पनि थपिएर कम्युनिस्ट एकै ठाउँमा भए पनि कांग्रेसलाई फरक नपर्ने भनेका छन् । आफ्नै गुटका नेता डा.शेखर कोईरालाले पुनर्जागण भन्दै देशभर केहि नेता पठाउने र देउवासंग पनि नरम हुने कुराले आक्रोशित बन्दै आएका उनी यसैपनि आलोचनालाई नै आधार बनाउने रणनितिमा छन । जहाँ प्रचण्डले धोका दिँदा पनि देउवाकै दोष देखाएका उनी अहिले पनि देउवाकै दोष देखाँउदै घुमाउरो पारामा गठबन्धन फुटाउनुपर्ने तर्क गर्न थालेका छन ।

नक्कली शरणार्थी प्रकरणमा सरकारले पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणलाई छानबिनको दायरामा तानेपछि देउवा प्रधानमन्त्री प्रचण्डसँग सन्तुष्ट छैनन् । फलत ःसरकारको नेतृत्व गरेको दलबाटै कांग्रेसलाई बदनाम बनाउने काम भइरहेको र यसले सत्ता हस्तान्तरण हुने कुरामा पनि अविश्वास बढेको भन्दै कांग्रेसका कतिपय नेताहरू एमालेसँग समीकरणको पक्षमा देखिएका छन ।

यहि खटपटको परिणाम समाजवादी मोर्चा भएको कतिपयको विश्लेषणका विच त्यहि पिडाबाट एमालेपनि गुज्रिरहेको छ । जहाँ सत्ता गठबन्धनबाटै बजेट पास हुन नदिने भन्दै अर्थमन्त्रीमाथि भईरहेको घेराबन्दी हुनु र ती सवै मोर्चामा समेटिनुले समेत यसलाई कांग्रेसमाथिको प्रहार भएको एकाथरीको भनाईकावीच मोर्चाआफ्नो दललाई साईजमा ल्याउन ल्याईएको बुझाईमा समेत कांग्रेस नेताहरु देखिन्छन ।

यहिवीचमा देउवाका लम्बिएको सिंगापुर भ्रमणलाई समेत जोडेर विभिन्न तर्क हुदाँ केहि देउवा पक्षीय नेताहरु भने समिकरण परिवर्तन आफ्नालागि घातक हुने पक्षमा देखिएका छन । अर्कातर्फ एमालेबाट शेखर कोईरालाको नेतृत्व हुनुपर्ने प्रस्ताव आएको खवरकाबीच उनी स्वयम देउवालाई सरकारको नेतृत्व दिएर पार्टीको नेतृत्व दिने रणनितिमा देखिएका छन । त्यस्तै गुटविहिन बनेका र नयाँ गुट निर्माणको चरणमा रहेका महामन्त्रीहरु भने कोईरालाई प्रधानमन्त्री बनाउन पाए आगामी बाटो सफा हुने रणनितिमा छन । फलत अव कांग्रेसभित्रको आन्तरिक राजनीतिको रस्साकस्सी र त्यसले उत्पन्न हुने परिस्थितीमा एमाले माओवादीको स्वार्थको मिलनमा सहज हुन्छन त्यसले आगामी राजनीतीक कोर्ष तय हुने देखिएको हो ।

अर्थात अहिलेसम्म देउवा पक्ष चुपचाप र गगन पक्ष मुखरित हुने अवस्थाबाटै गठबन्धन अघि बढिरहेको छ । यहि बुझको प्रचण्डले यसअघि कांग्रेसको आन्तरिक राजनीतिमै समेत चासो देखाएका थिए । आफ्नो सरकारको आधार कांग्रेस र त्यसको रणनितिको आधार गुट देखेका उनले गुटकै नेता भेटवार्ता समेत गर्दा गठबन्धनविरोधी भनिएका नेताहरु समेत मौन बसे । तर अहिले एकातर्फ मोर्चाको कुराले स्वयम देउवा नै दवावमा पर्ने अवस्था अर्कातर्फ यसलाई राजनीतिक आधार बनाउनुपर्ने बुझाईको गगन गुट र अवसर खोजिरहेको एमाले सवै कारण सरकारको भविष्यमा संकटको घण्टी बज्ने संकेत बढेर गएको हो ।