Breaking

प्रचण्ड सरकार ढाल्न कांग्रेस एमालेको जोड,मन्त्री नै त्रसित, होला त ओली देउवा मिलन ?


काठमाडौँ — सदनमा बलियो रहेको प्रचण्ड सरकारलाई प्रतिपक्षी र सत्ता पक्षकै असन्तुष्ट समूह सरकारबाट ढाल्न खोजिरहेका छन् । उनीहरुले सदनमा प्रस्तुत गर्ने कार्यशैलीले नै प्रचण्ड सरकारप्रति असन्तुष्ट रहेको दर्शाउँछ । तर, कांग्रेस सभापति शेरबहादुर देउवाको हात प्रचण्डको शिरमा रहँदासम्म सरकार ढाल्ले हर प्रयास असम्भव देखिन्छ । ३२ सिटमा नै देशको प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई नेपाली कांग्रेसको पनि साथ रहँदा कहीकतैबाट पनि संकटको लक्षण देखिँदैन ।

चार दलीय वामपन्थी शक्तिहरुसँग मोर्चा गठन गरेसँगै ५४ सिटे नेता बनेपछि त प्रचण्ड झन् सदनमा थप शत्तिशाली बनेका छन् । सबै दललाई खुशी बनाएर यथेष्ट बहुमत आफ्नो पक्षमा पारेको प्रचण्ड सरकार सुरक्षित नै भए पनि उनैका मन्त्रीहरु भने सशंकित देखिन्छन् । प्रचण्ड सरकारका मन्त्रीहरुलाई सरकार ढल्ने पो हो कि भन्ने पिरालो परेको छ । सरकारका मन्त्रीहरु यही सरकार टिक्छ भन्दै स्पष्टीकरण दिन बाध्य देखिन्छन् ।

दुई महिना सत्ता यात्रा गरेर सरकारबाट बाहिरन बाध्य बनेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले त्यसको छटपटीमा छ । मदारीले बाँदर नचाए झै एमालेलाई अस्थिर प्रचण्डले नचाएपछि कु्रद्ध बनेको एमालेका दोस्रो तहका नेताहरु निरन्तर कांग्रेससँगको छलफलमा छन् । अस्थिरताको अन्त्य गर्न कांग्रेस र एमाले मिलनविन्दुमा आउँनै पर्ने उनीहरुको बुझाई छ । त्यसैले आफूहरुले चाहे प्रचण्ड सरकारलाई एक साताभित्र फेरबदल गर्न सक्ने चेतावनी दिइरहेका छन् ।

यता, सरकारमा नै सामले दल कांग्रेसभित्रैबाट पनि सरकारको व्यापक आलोचना भईरहेको छ । शेखर–गगन समूहका नेताहरु सरकारसँग असन्तुष्ट छन् । कांग्रेसभित्रका असन्तुष्ट पक्षहरु यो सरकारबाट पार नलाग्ने भन्ने निष्कर्षमा पुगिसकेका छन् । कांग्रेसले चाहेको अवस्थामान जुनसुकै बेला एमालेसँग मिलेर सत्ता यात्रा गर्न सक्ने अवस्थामा छ । कांग्रेसका दोस्रो तहका नेताहरु पार्टी नेतृत्व र सरकारसँग रुष्ट भएको उनीहरुले संसद्मा बोल्ने शैलीले नै पुष्टि गर्छ ।

कांग्रेसका असन्तुष्ट पक्षको कार्यशैली र एमालेले दिने चुनौतीले सदनमा बलियो देखिएको प्रचण्ड सरकारका मन्त्रीलाई त्रसित बनाएको छ । प्रचण्ड सरकार आफैमा कमजोर त छैन तर, सत्ता पक्षका नेताहरुबीच नै हुने मनमुटावले प्रतिपक्षीलाई खेल्ने मौका मिलेको छ । सरकार जनताका खास मुद्धामा स्प्रष्ट हुन नसकेको सत्ता पक्षकै नेताहरु बताईरहेका छन् । तर प्रतिपक्षी र असन्तुष्ट समूहले जतिसुकै सरकार ढाल्ने कोशिस गरे पनि कांग्रेस सभापति शेरबहादुर देउवाको हात प्रचण्डको शिरमा रहँदासम्म सरकार गिराउने हर प्रयास असम्भव देखिन्छ ।