Breaking

दुई जना मन्त्री बनाएर यो क्रान्ति अघि बढ्दैन: झलनाथ खनाल


काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्‍मानित नेता झलनाथ खनालले पार्टीबाट दुई जना मन्त्री बनाएर क्रान्ति अघि नबढ्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘अब दुई जना मन्त्री बनाएर यो क्रान्ति अघि बढ्दैन । दुई जना मन्त्री बनायौँ। कार्यनीतिक रुपमा, त्यो आवश्यक छ होला तर हाम्रो पार्टीले गर्नुपर्ने भनेको ती श्रमिक जनतासँग एकतावद्ध गर्ने हो । उनले पार्टी बनाउनका लागि श्रमिक जनतासँग एकतावद्ध र गोलवद्ध गर्न जरुरी रहेको बताए । उनले वैचारिक, सैद्धान्तिक दिशाहरुलाई पारदर्शी बनाउँदै समाजको ठोस वर्ग विश्लेषण गर्दै अन्तरबिरोधको सही पहिचान गर्दै प्रधानशत्रुको सही पहिचान गर्दै हामीले जनतालाई दलाल पुँजीवादकाबिरुद्ध गोलबन्द गराउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने हामीले हाम्रा वैचारिक, सैद्धान्तिक दिशाहरुलाई क्लियर कट बनाउँदै समाजको ठोस वर्ग विश्लेषण गर्दै अन्तरबिरोधको सही पहिचान गर्दै प्रधान शत्रुको सही पहिचान गर्दै हामीले व्यापक जनतालाई दलाल पुँजीवादका बिरुद्ध गोलबन्द गराउनुपर्छ । उनीहरुलाई संघर्षमा उतार्ने काममा हाम्रो पार्टी लाग्नुपर्छ । उनले नेकपा एकीकृत समाजवादीको महाधिवेशन नभइसकेकाले अहिलेसम्म पार्टी निमित्त पार्टी मात्रै भएको उल्लेख गरे ।