Breaking

एक वर्षको अवधिमा राष्ट्रिय स्वतन्त्र पार्टीमाथि प्रश्नै प्रश्न, नीतिमा अस्पष्टता 


काठमाडौँ — राष्ट्रिय स्वतन्त्रपार्टी रास्वपाले स्थापनाको एकबर्ष पुरा गरेको छ । एकबर्षको अवधिमा रास्वपाकै चर्चा धेरै भएपनिउसको भूमिकालाई लिएर थुप्रै प्रश्न उब्जीएका छन् । रास्वपालाई संसद र सत्तादुवै फलिफाप भएको छैन । वितेको एक बर्षमा राष्ट्रिय स्वतन्त्रपार्टीका सभापति रवि लामिछानेको खुबी गजबैको देखियो । जब रविले सञ्चारकर्म अथवा पत्रकारिता छोडेर पार्टी रोजे, सबैमा एक खाले उत्सुकता थियो । धेरैले समर्थन र कतिले शंकाको सुविधा दिएका थिए ।

त्यसमा केही विरोधका स्वरहरु पनि थिए, जुन उनको छायाँ जस्तै बनेर आजसम्म पनि पछ्याइरहेका छन् । एउटा सञ्चारकर्ममा बलियो ढंगबाट स्थापित भएर लाखौं समर्थक कमाएको पात्र एकाएक पार्टी खोल्ने तहमै पुग्नु पक्कै पनि चुनौती पूर्ण विषय थियो । यसै कारण केहीले आशा र त्यो भन्दा बढीले शंका गर्नु स्वभाविकै पनि देखिन्थ्यो । तर रविको रफ्तार यसरी बढ्योकि, धेरैले नसोचेको भयो । रविको रफ्तारले एक बर्षयता धेरै बढारिएका छन् ।

धेरैले विकल्प भेट्टाएका छन् । पुरानाहरुलाई सबक सिकाउने गतिलो माध्यम रविलाई अर्थात् रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई बनाएका छन् ।