Breaking

कप्तान रोहित पौडेल ३० रनमा आउट


काठमाडौँ — आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनोटमा नेपालले वेस्ट इन्डिजले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याइरहेको छ । ताजा अवस्थामा नेपालले २० ओभरमा ४ विकेट गुमाएर ८१ रन बनाएको छ ।

नेपालको पछिल्लो विकेटको रूपमा कप्तान रोहित पौडेल ४३ बलमा ३० रन बनाएर आउट भए । यसअघि कुशल भुर्तेल ५, आसिफ शेख २८ र भीम सार्की २ रनमा आउट भए ।