राजनीति

बालेनविरूद्ध उच्च अदालतमा मुद्दा


काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह (बालेन) विरूद्ध चलचित्र प्रदर्शकले अदालतमा मुद्दा हालेका छन् ।

भारतीय फिल्म ‘आदिपुरुष’ले निम्त्याएको विवादपछि बालेनले अन्य हिन्दी फिल्म प्रदर्शन पनि रोक्ने निर्णय गरेका छन् । बालेनको यही निर्णयप्रति असहमति जनाउँदै चलचित्र प्रदर्शक उच्च अदालत पाटन पुगेका हुन् ।

बालेनको निर्णयविरूद्ध अन्तरिम आदेश माग गर्दै उनीहरुले उच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । बुधबार चलचित्र संघका तर्फबाट पाटन उच्च अदालतमा रिट निवेदन दायर गरिएको हो ।

उनीहरूले बालेनको निर्णय कानून विपरित रहेकाले अदालतको ढोका ढकढकाउनु परेको बताएक छन् । उनीहरूल काठमाडौँका हलमा भारतीय फिल्म चलाउन दिन अन्तरिम आदेश माग गरेका छन् । हिजो परेको उक्त रिट निवेदनको सुनुवाइ गर्न आज (बिहिबार) लाई पेसी तोकिएको छ ।