Breaking

एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दै, बजेटप्रति असन्तुष्टि एजेन्डा


काठमाडौँ — आज नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै छ ।

दिउँसो २ बजे बस्ने बैठकमा बजेटप्रति पार्टीका सांसदहरूको असन्तुष्टिबारे छलफल हुने छ । बजेटमा असमानता रहेको भन्दै पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताहरू सरकारसँग असन्तुष्ट छन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले पनि सुरुमा बजेटप्रति असन्तुष्टि जनाएका थिए तर पछि प्रधानमन्त्री प्रचण्डसँगको छलफलपछि उनी सकारात्मक देखिएका छन् । तर पार्टीका सांसदहरूले बजेट संशोधन नभए समर्थन गर्न नसक्ने चेतावनी दिइरहेका छन् ।