समाचार

रूकुम पश्चिममा जिप दुर्घटना हुँदा ८ जना घाइते


काठमाडौँ – रूकुम पश्चिममा जिप दुर्घटना भएको छ । १ च २७९६ को डबल क्याप जिप बिहान साढे ६ बजे बागबजारमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

रूकुम प्रहरीका‌‌ अनुसार मुसिकोट नगरपालिकाको माछ्मी बाट डिग्रे मन्दिरतर्फ जाँदै गर्दा जिप दुर्घटना भएको हो । घाइते भएका ८ जनामध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हुनेमा मुसिकोट नगरपालिका – ५ की ८ बर्सिया बालिका वर्षा केसी रहेकी छन् । उनको बायाँ खुट्टामा गम्भीर चोट लागेको छ । अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ६ जना मुसिकोट नगरपालिकाका र दुई जना दाङका रहेका छन् । घाइते सबैलाई उद्धारपछि उपचारका लागि जिल्ला अस्पताल सल्ले पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।