Breaking

कीर्तिमानी आरोही आङरिताको नाममा हुलाक टिकट प्रकाशन


काठमाडौँ – सरकारले बिना अक्सिजन १० पटक सगरमाथाको शिखर पुगेर ‘हिम चितुवा’को उपनाम पाएका विश्वपरिचित कीर्तिमानी आरोही स्व: आङरिता शेर्पाको नाममा हुलाक टिकट प्रकाशित गरेको छ ।

मंगलबार आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आङरिता शेर्पाको सम्झनामा निकालेको हुलाक टिकट सार्वजनिक गरेकी हुन् ।

फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयले टिकट प्रकाशित गरेको हो । आङरितालाई ‘हिउँचितुवा’ उपनाम दिइएको छ । उनी विना अक्सिजन धेरै पटक सगरमाथा आरोहण गरी कीर्तिमान बनाएका आरोही हुन् । उनले १० पटकसम्म विना अक्सिजन सगरमाथाको सफल आरोहण गरेका थिए । उनको सन् २०२१ मा निधन भएको हो ।

को हुन् हिमचितुवा ?

सोलुखुम्बुको थामे गाउँमा जन्मिएका उनी १५ वर्षको उमेरदेखि नै उनी पर्वतारोहण क्षेत्रमा लागेका थिए । सुरुमा भरिया भएर काम गरेका आङरित्ता किचन ब्वाई, क्वालामिङ शेर्पा, सरदार हुँदै लिडर र लेजेन्ड अफिसर भएर पनि काम गरेका थिए ।

सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गरेका आङरित्ताले सन् १९९० मै उनले बिना अक्सिजन ६ पटक सगरमाथाको सफल आरोहण गरेका थिए । सन् १९९६ मा उनले १० औं पटक सगरमाथा आरोहण गरेका हुन् । त्यसपछि तत्कालिन राजा विरेन्द्र र तत्कालिन सरकारले उनलाई अब सगरमाथा नचढ्न आग्रह गरेका थिए । त्यसपछि उनी सगरमाथाको आरोहणमा गएनन् । उनले १० पटकसम्म बिना अक्सिजन सगरमाथाको आरोहण गरेर किर्तिमान कामय गरेपछि तत्कालिन सरकारले हिमचितुवाको पदवी दिएको हो । उनको सन् २०२१ मा निधन भएको हो ।