Breaking

रास्वपाले पहिलो वार्षिकोत्सव मनाउँदै


काठमाडौँ — आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफनो पहिलो वार्षिकोत्सव मनाउँदैछ ।

रास्वपाले बालाजुस्थित केन्द्रिय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ । पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शिर्ष नेतालाई आमन्त्रण गरिएको रास्वपाले जनाएको छ ।

उक्त चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधिलगायतलाई बोलाइएको रास्वपा उपसभापति डोलप्रसाद अर्यालले जनाएका छन् । सो चियापान रास्वपाले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि सुरू हुनेछ ।