Breaking

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्दैछ ।

बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । यो बैठकमा विधान अधिवेशनको तयारीबारे छलफल हुनेछ । यस्तै असार ९ गतेका लागि बोलाइएको केन्द्रीय समितिको बैठकका कार्यसूची तय गर्ने एजेण्डा पनि छ ।

समसामयिक राजनीति परिस्थितिका विषयमा पनि छलफल गर्ने एजेण्डा पनि रहेको बस्नेतले जानकारी दिए ।