Breaking

अब शेखर प्रधानमन्त्री ! देउवा–ओली एक ठाँउमा उभिँदै,के के छन् मिलनका आधार ?


काठमडौँ — पार्टीमा रुपान्तरणको वहस गर्दै गुटको राजनीति गरेको कांग्रेस नेता डा.शेखर कोईराला पछिल्लो समय देउवा प्रति नरम देखिन थालेका छन । सत्ता समिकरणमा परिवर्तन आउन सक्ने विश्लेषण र सत्ता घटकको त्यहि कदमकाबीच कोईरालाको रणनिति नै फेरिएको छ । जहाँ उनकै गुटको एक हिस्सा भने देशव्यापी अभियानमा छ । आखिर प्रधानमन्त्रीमा शेखरको चर्चा किन त ? उनको रणनिति के ? सत्ता गठबन्धनमा मिनि गठबन्धनको अभ्यास र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्णायक शक्ति होल्ड गरेपछि अहिले एमाले कांगे्रस मिलनको चर्चा चल्न थालेको छ ।

बजेट संसोधनका नाममा समाजवादी मोर्चामा भएकोहरुको एक स्वर कांग्रेसमाथिको आक्रमणका रुपमा देखिनुले समेत खटपटलाई अझ मलजल गरेको छ । जहाँ एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालबाट मुलुक अघि बढ्न नसक्ने भन्दै जतिसक्दो चाँडो एमाले–कांग्रेसबीच सहकार्य थालिनुपर्ने कुरा सार्वजनिक रुपमै राखेका छन् ।

कांग्रेसमा पनि आफ्नै नेतृत्वमा सरकार निर्माण गर्नेबारे छलफल सुरु भएको चर्चा छ । यहि चर्चाकाविच पार्टीभित्रै ६०–४० को गुटअभ्यास गरिरहेको डा.शेखर कोईरालाको सभापती शेरबहादुर देउवा प्रतिको नरमपना समेत बढ्न थालेको छ । एकातर्फ आफ्नै गुटका केहिलाई रुपान्तरणका नाममा देशव्यापी अभियानमा खटाएर दवाव बढाईरहेका उनले सरकारको आलोचना समेत बढाईरहेका छन । त्यस्तै मन्त्री भएका बाहेक अन्य नेताहरु समेत सरकारका काम प्रति खरो उत्रिदा आगामी दिनमा गठबन्धन नगरी एक्लै अघि बढ्नुपर्ने निष्कर्षमा समेत उनीहरु पुगेका छन ।

जसले सत्ता प्राप्ति गरिसककेको उसका लागि माओवादी लगायतकाको साथ आगामी दिन आवश्यक नभएको प्रष्ट सन्देश जाँदा नेतृत्वै पाउने तयारीमा कांग्रेस किन नलाग्ने भन्ने तर्क समेत छ । अर्कातर्फ मोर्चा कायम रहे प्रचण्डलेआफूसंग रहेको सांसद संख्याले देउवाको प्रधानमन्त्री बन्न पालो हड्पदिने या ढिला गर्दिन सम्भावना समेत नर्कान सकिदैन । त्यतिवेला समेत एमालेविना सत्तामा जान नसकिने अवस्थामा रहेको कांग्रेस अहिले सत्ता तयारीमा किन नलाग्ने भन्ने एकाथरीको तर्कका विच कोईरालाले समेत सरकार कता कता बरालिन थालेको बताउन थालेका छन ।

यता एमाले अध्यक्ष केपी शर्मा ओली त गठबन्धन भाड्ने रणनितिमै छन । समाजवादी मोर्चा भन्दै धक्का दिने रणनितिमा प्रचण्ड अघि बढेपछि उनलाई तह लाउने ईगो ओलीमा बढ्ने अवस्थामा पनि स्वभाविक छ । जहाँ प्रधानमन्त्री दाहालले पछिल्लो समय सत्ता गुमाउनु परेपनि आफू तयार रहेको तर भ्रष्टाचारको विषयमा कसैसँग पनि सम्झौता नगर्ने बोल्न थालेका छन् भने नक्कली शरणार्थी प्रकरण जस्ता विषयले पनि एमाले र कांग्रेस नै दवावमा छन ।

जसले गठबन्धन परिर्वतनको प्रसस्त सम्भावना रहदाँ शेखर कोईरालाको नेतृत्व भने त्यसको आधार बन्न सक्ने चर्चा समेत अहिले राजनीतिक वृत्तमा छ । त्यस्तै कोईरालालाई प्रधानमन्त्रीमा व्यवस्थापन गर्न पाए आफू सभापतीमा वलियो दावेदार बन्न सकिने महामन्त्री गगन थापा लगायतको अर्को रणनितिले पनि यसमा वल पुर्याएको छ । यद्यपी कोईरालाले भने अहिले आफू पार्टीकै नेतृत्वका लागि तयार रहेको मिडियाहरुमा बताँउदै आएका छन भने देउवाले अर्को चोटि सभापती नलड्ने बताएका छन । देउवा र कोईरालाका अभिव्यक्तिमा देखिएको यो संयोगले नयाँ समिकरण बने कोईराला र देउवाविच देशको नेतृत्व र पार्टी नेतृत्वमा आदानप्रदानको राजनीति हुने प्रष्ट छ ।

हुन त बजेटदेखि सरकारसम्मै राईदाई गरिरहेको कांग्रेसले ओलीको पेलाई सहने निर्णय गरेमात्र बल्ल को प्रधानमन्त्री बन्ने पाटो वहसमा आउने हो । तर वजेट संसोधनका नाममा भईरहेको दवाव र प्रचण्डले एकीकृत गर्दै लगेको शक्ती कम्युनिष्ट धुव्रीकरणका नाममाफाईदाको बाटो भएको देउवाको भाष्यले थेक्न सक्ने अवस्था छैन ।

त्यस्तै नेतृत्व र रुपान्तरण बारे पार्टीभित्र भईरहेको आन्तरिक रस्साकस्सीले समेत देउवा व्यवस्थापनको विषय चर्को बनेको छ । तर एमालेले देउवा वाहेक र देउवा म बाहेक भन्ने हठले नै ओली समेटिने सम्भावना कम छ । जहाँ कोईरालाको हसिलो मुख सहितको सक्रियता र प्रचण्डको कांग्रेस लतारेर लाने रणनिति कुन हदसम्म अघि बढ्छ भन्ने विषयले समेत आगामी राजनीतिक कोर्ष तय गर्ने छ ।