Breaking

अन्तर्राष्ट्रिय स्तरको राहदानी बनाउने निर्णयको कार्यन्वयनमा राजनीतिक झेल, संसदीय समितिमा सवाल–जवाफ


काठमाडौँ — अन्तर्राष्ट्रिय स्तरको राहदानी बनाउने निर्णय भएको लामै समय भयो । तर त्यो निर्णयको कार्यन्वयनमा सरकारले तदारुकता नदेखाउँदा सेवाग्राही समस्यामा परेको भन्दै सांसदहरुले प्रश्न उठाएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा सांसदहरुले विद्युतीय राहदानी लागू गर्ने निर्णय गरेर कार्यान्वयनमा बेवास्था गर्नु जायज नभएको र जनताले समस्या भोग्नु परेको बताए ।

यस अघि सरकारले अन्तर्राष्ट्रिय स्तरको राहदानी बनाउने निर्णय गरेको भए पनि कार्यन्वयनमा तदारुकता देखिएन । राहदानी दुरुपयोगको विश्वव्यापी समस्यालाई सम्बोधन गर्ने अपेक्षा राखिएको भए पनि यसको कार्यन्वयनमा तदारुकता नदेखाएको भन्दै संसदहरुले संसदीय समिति बैठकमै कुरा उठाएका छन् ।