Breaking

यो सरकार ढाल्न एमालेले कुनै मेहनत गर्नुपर्दैनः सचेतक बर्तौला


काठमाडौँ — नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्न सक्ने दावी गरेका छन् । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीसँग सचेतक बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दावी गरेका हो । उनले यो सरकारको आयु प्रत्येक एक दिनका लागि भएको बताए । बर्तौलाले एमालेले आफ्नै सामर्थ्य र जनताको आदेशका आधारमा संसदमा भूमिका निर्वाह गर्ने बताए ।

‘नेकपा एमालेले यस प्रकारको मोर्चा बनाएर हिँड्नुपर्ने जरुरी छैन । एमाले आफ्नो सामर्थ्यका साथ, जनताले दिएको म्याण्डेटको बलमा संसदमा आफ्नो भूमिका निर्वाह गरिरहेको छ । नागरिकहरुको मुद्दालाई केन्द्रमा राखेर, राष्ट्रहितलाई केन्द्रमा राखेर हाम्रो उपस्थिति देखाइरहेका छौँ ।

यो सरकार ढाल्न हामीले कुनै मेहनत गर्नुपर्दैन उनले भने नेकपा एमालेले चाहेर यसलाई ढाल्नका लागि प्रयत्न गर्ने हो भने हामी एक हप्ता भित्रमा यो सरकारलाई ढाल्न सक्छौँ । यो सरकारको आयु प्रत्येक दिन एक दिनका लागि हो । भोलिपल्ट, अर्को एक दिनको लागि हो । उनले सरकार एमालेको प्रयत्नले ढल्ने नभइ गठबन्धनभित्रकै अन्तरविरोध, असमझदारी र अविश्वासले ढल्ने दावी गरे ।