काठमाडौँ — साफ च्याम्पियनशिप २०२३ अन्तर्गत नेपाल र कुवेतबीचको खेलको पहिलो हाफ सकिएको छ । भारतको बेङ्गलोरमा रहेको कन्तिराभा रङ्गशालामा भएको खेलमा पहिलो हाफ सकिँदा नेपाल २ गोलले पछि परेको छ । कुवेतका लागि कप्तान खालेद हजियाले खेलको २३ औँ र शाइबाइबा अल्खाल्दीले ४१ औँ मिनेटमा गोल गरे ।
नेपालले गोलको केही अवसार पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । नेपालले अहिलेसम्म कुवेतलाई हराएको छैन । सन् २०१९ मा भएको मैत्रीपूर्ण खेलमा कुवेतलाई गोलरहित बराबरीमा रोक्नु नै नेपालको सबैभन्दा उत्कृष्ट प्रदर्शन हो ।
प्रतिक्रिया