Breaking

ताप्लेजुङमा बल्ल पुग्यो राहत सामाग्री


काठमाडौँ – ताप्लेजुङको बाढीपहिरो प्रभावित क्षेत्रमा पहिलो राहतको सामाग्री पुगेको छ ।

नेपाली सेनाको हेलिकप्टरले सिदिङ्वा गाउँपालिका ६ को मेहेलेमा बुधबार लत्ताकपडा, टेण्ट, भाडाकुडा र स्वास्थ्यका सामग्री पुर्याएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले प्रदेश सरकारबाट प्राप्त भएका स्वास्थ्य सामग्री र टेण्ट लिएर आएको हेलिकप्टरमा सदरमुकामबाट त्रिपाल, कम्बल, भाडाकुँडा थपेर पठाएको जानकारी दिनुभयो ।

गत शनिबार आएको बाढी पहिरोमा परी सो स्थानमा तीन जनाको मृत्यु भएको छ तीन जना अझै बेपत्ता छन् । मृतकका परिवार तथा आफन्त र बाढी पहिरोबाट प्रभावित अन्य परिवारलाई क्षतिको विवरण हेरेर राहत उपलब्ध गराउने पहल भईरहेको छ ।

मेहेलेमा बाढी र पहिरोबाट विस्थापित बनेका एक सय बढि परिवार स्थानीय निलगीरी माध्यामिक विद्यालयमा आश्रय लिएर बसेका छन् ।