Breaking

बागलुङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु


काठमाडौँ – बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मार्केटिङको सामान बोकेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका ५ ठूलढुंगामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा एक जना जैमिनी नगरपालिका१० राङखानी घर भइ बागलुङ नगरपालिका २ श्रीनगर बस्ने दुर्गा पौडेल छन् । अर्का एक जनाको सनाखत भएको छैन ।

दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो, दुर्घटनाको कारण खुलिसकेको छैन । जीप सडकबाट झण्डै ५०० मिटर तल खोँचमा खसेको हो ।