Breaking

नेपाल र भारतबीचको सम्बन्ध हिमाल झैँ उचाईमा पुगेको छ : मन्त्री किराँती


काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले नेपाल र भारतबीचको सम्बन्ध हिमालको उचाई झैँ अघि बढीरहेको बताएका छन ।

बुधबार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणपछि झनै नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ र उचाईमा पुगेको बताए । मन्त्री किराँतीले योगा गर्न र मनोरम दृश्य हेर्न भारतका नागरिकहरूलाई पोखरा आह्वान गरे ।

मन्त्री किराँतीले नेपालको जस्तो प्राकृतिक सुन्दरता अन्य देशमा नरहेको भन्दै पोखरालाई नेपाल, भारत र चीनको व्यापारिक केन्द्र बनाउनुपर्ने बताए । किराँती पोखराबाट भारतका विभिन्न शहरमा हवाई उडान हुनसके सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्ध सुदृढ हुने बताए ।

‘योगा गर्न र मनोरम दृश्य हेर्न भारतका दिदी बहिनी, दाजुभाईलाई निम्तो गर्दछौँ। नेपालको जस्तो प्राकृतिक सुन्दरता सायदै विश्वमा छ। पोखराबाट सिधै भारतको विभिन्न शहरहरूमा उडान भर्नसक्ने लगभग सम्भावना बढेको छ । नेपाल र भारतको सम्बन्ध पनि झनै हिमाल झैँ उचाईमा बढीरहेको छ । प्रधानमन्त्रीको पछिल्लो भ्रमणले त्यो कुरालाई पुनः पुष्टि गरेको छ ।

मन्त्री किराँतीले प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमण सम्बन्ध बिस्तारका लागि कोशेढुंगा सावित भएको बताए ।