Breaking

पूर्वी तथा मध्य भेगमा हल्का वर्षा, पश्चिमी भेगमा भारी वर्षाको सम्भावना


काठमाडौँ – अहिले देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोसी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ-गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ–गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघ–गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

भोलि बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । कोसी, मधेश र वाग्मती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ-गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार राति भने कोसी तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

असार ८ गते शुक्रबार कोसी र वाग्मती प्रदेशका थोरै स्थानमा मेघ–गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति भने कोसी, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।