Breaking

भैरहवा विमानस्थललाई हवाई रूट दिन भारत सकारात्मक : राजदूत श्रीवास्तव


काठमाडौँ – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई रूट दिन भारत सकारात्मक रहेको बताएका छन् ।

मंगलबार लुम्बिनीमा आायोजित योग दिवसमा उनले हवाई रूटबारे छलफल सकारात्मक दिशामा अघि बढिरहेको बताए । छलफलको नतिजा पनि सकारात्मक नै आउने उनको भनाइ थियो ।

दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अघि बढाउन आवश्यक रहेको बताउँदै भारतले त्यही अनुसार काम गरिरहेको उनको भनाइ थियो । योगले नेपाल र भारतलाई जोडेको र पछिल्लो समय विश्वभर फैलिनु खुसीको विषय भएको धारणा उनले राखे ।

हरेक वर्ष २० जुन वा ३१ जुनमा योग दिवस मनाउन आग्रह गर्दै उनले भारतले हरेक वर्ष लुम्बिनीमा योग दिवस मनाउन चाहेको बताए ।