Breaking

जिल्ला अदालत बाहिर प्रदर्शन गर्नेहरू पक्राउ


काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत, काठमाडौँबाहिर प्रदर्शन गरेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बृहत नागरिक आन्दोलनको ब्यानरमा भएको प्रदर्शनमा प्रेम चलाउने स्वयं सहभागी थिए । उपप्राध्यापक प्रेम चलाउनेमाथि २० असोज २०७७ मा आक्रमण भएको थियो । उनीमाथि आक्रमण गरेको अभियोगमा नेवि संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध दायर भएको मुद्दा जिल्ला अदालत, काठमाडौँमा विचाराधीन छ ।

सरकारले यही मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउनेले सोमबारदेखि अनसन सुरू गरेका छन् ।