Breaking

संखुवासभामा बाढीपहिरोमा परेका २० जना अझै बेपत्ता


काठमाडौँ – संखुवासभामा आएको बाढी र पहिरोमा परी हराईरहेका २० जना अझै फेला पर्न सकेका छैनन् ।

संखुवासभाका सांसद दीपक खड्काले खोजी कार्यलाई तिव्र बनाउन माग गर्दै बाढी पहिरोले धनजनको ठुलो क्षति भएको र पीडित परिवारलाई अबिलम्ब राहतको व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभएको छ ।

यस्तै, संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको भन्दै अहिले हराईरहेकाहरुको खोजीलाई प्राथामिकता दिइएको बताउनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको टोलिले सोमबार प्रभावित क्षेत्रको अनुगमन गरे पनि प्रभावित क्षेत्रमा भने पुग्दै नपुगी फर्किएको भन्दै पीडितहरुले आक्रोश ब्यक्त गरेका छन् ।

हराईरहेकाहरुको खोजीका लागि प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानियवासीहरु खटिएको प्रहरी नायव उपरिक्षक विरेन्द्र गोदारले बताउनु भएको छ । संखुवासभामा बाढी पहिरोमा परी घाइते भएका ९ जनाको उपचार भईरहेको छ ।

बाढी पहिरोले जिल्लामा १२ वटा घरमा पुर्ण क्षति पर्‍याुएको छ । बाढिले सुपर हेवाखोला हाइड्रोपावर, अपर हेवा हाइड्रोपावर र मेन्छेम हाईड्रो पावरमा क्षति पुर्‍याएको छ भने हेवा र पिलुवा खोलामा २ वटा पक्कि पुल पनि बताएको छ ।