Breaking

तनहुँमा पहिरोले पुरिएर १ को मृत्यु, दुई जना घाइते


काठमाडौँ – तनहुँको म्याग्दे गाउँपालिका-१ गुणादीमा सोमबार साँझ पहिराले पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका-७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका-७ बस्ने ४० वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइतेमध्ये भीमको दमौली अस्पतालमा र बलबहादुरको पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । गम्भीर घाइते भई पोखरा पठाइएका बलबहादुरको राति मृत्यु भएको हो ।

ढिस्काले पुरिएर घाइते झापाको शिवशताक्षी –७ बस्ने ४५ वर्षीय कृष्ण लिङ्देनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

मुग्लिन पोखरा सडकखण्डअन्तर्गत सडक छेउमा पर्खाल निर्माणका क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर तीन जना घाइते भएका थिए ।