Breaking

प्रचण्डले थाले मिनी गठबन्धन, झस्कियो कांग्रेस, देउवालाई प्रधानमन्त्री बनाउन शेखरको दौडधुप !


काठमाडौँ — नौरंगी पार्टीको सत्ता गठबन्धन बनाएर देशको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्डले मिनि गबन्धनको अभ्यास थालेका छन । समाजवादी मोर्चाका नाममा गठबन्धनका वामघटक एक ठाँउमा उभिदा यसलाई गठबन्धनको भविष्यसंग समेत जोडेर हेर्न थालिएको हो । जसले ओली देउवाको मिलनसम्मको अर्को वहस सुरु हुदाँ दुवैको साझा व्यक्तिको विकल्प बन्न सक्ने चर्चा गरिएका शेखर कोईरालाको देउवा प्रतिको नरमपना समेत गज्जब देखिन थालेको छ ।

सत्ता सहजताका लागि संसदमै विषय उठेको भ्रष्ट्रचारमा समेत सहमती गरेका प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्ड यो कार्यकालमा गर या मरकै अवस्थामा छन । त्यसका लागि सत्ताको नेतृत्व आवश्यक भएको बुझेकै कारण एमालेको साथमा सत्तारोहण गरेका उनले सत्ता सन्चालको सहजताका लागि कांग्रेस रोजेको आफैले बताँउदै आएका छन । यसलाई संविधान र व्यवस्थाको रक्षा गर्ने शक्तीहरुको विचको गठबन्धन भएको र एजेण्डामा बनेकै कारण गठबन्धन टिक्ने उनको दावी छ । तर त्यहि गठबन्धनभित्र पनि अव भने मिनि गठबन्धनको उनको सपना साकार बनेको छ ।

अर्थात निकै लामो कसरत पछि उनी एकीकृत समाजवादी,जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितको समाजवादी मोर्चा बनाउन सफल भएका हुन । संसदमा तेश्रो शक्तीका रुपमा रहने र यसलाई वामघटकको एकताको केन्द्रका रुपमा विकास गर्ने लक्ष्य सहित निर्माण भएको गठबन्धनको भित्रि उदेश्य एमाले तर्साउने मात्र नभई कांग्रेसलाई साईजमा ल्याउने भएकोसम्म अहिले विश्लेषण सुरु भएको छ । नेकपा एकीकृत सामाजवादीका अध्यक्ष माधव नेपालले भने यसको खण्डन गरेका छन् ।

गठबन्धनभित्रैकै नेपाल समाजवादी र जनमोर्चा जस्ता शक्ती नसमेटिएको यो मोर्चामा अहिले ५३ सिट छ । जसले अव नयाँ समिकरण बनेपनि त्यसमा कांग्रेस एमाले एक ठाँउमा नआए नयाँ सरकारकोबाटो बन्द हुन्छ । जसले पनि आफू सुरक्षित हुने बाटोमा रुपमा प्रचण्डले यसलाई प्रयोग गर्दा पालो पर्खिएका शेरबहादुर देउवा झस्किएका छन ।मोर्चामा आवद्ध नेताहरुले भने यो कांग्रेससंगको सल्लाहमै भएको बताएका छन ।

यता एकीकृत समाजवादीकै केहि नेताले मोर्चामा असन्तुष्टि जनाँउदा प्रचण्डसंगै मिल्ने भए एमालेबाट फुट्नुको औचित्य खोज्न थालेका छन । अर्कातर्फ अध्यक्षले मत दिएपनि आफूले हुबहु वजेट पास नै हुन नदिने एक थरि नेताको तर्कले समेत सरकारको आयूमाथि प्रश्न उठ्ने खतरा छ । संसोधन नै नहुने बजेटमाथिप्रतिको यो दवावलाई कांग्रेसमाथिकै दवावका रुपमा बुझिदा नयाँ मोर्चाले समेत यो आशंकामा वल पुगेको छ । जहाँ एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत यो मोर्चा कांग्रेसलाई साईजमा ल्याउने र एमाले तर्साउने अश्त्रका रुपमा अथ्र्याएका छन ।

मोर्चाकै सदस्य जसपा नेतृत्वको मधेश सरकारलाई विश्वासको मत दिनु र उमेरहद हटाएर एकीकृत समाजवादीका नेता भित्र्याउनुलाई एमालेको अश्त्रले समेत मोर्चाप्रतिको एमाले बुझाई प्रष्ट भएको छ । जसले मोर्चा प्रभावित दुवै पक्ष बजेट पास गराउन साथ दिदै एक ठाँउमा उभिने सम्भावना समेत उच्च हुदै गएको एकाथरीको विश्लेषण छ । तर एमाले नेता कृष्णभक्त पोखेरल भने त्यो सम्भव नरहेको बताउछन ।

हुन त मोर्चामा समेटिएका दलहरुलाई आफ्नो पार्टीको अस्थित्व बचाउने संकट छ । जसले आकार मात्र पाए र जानसक्ने पहिरोमात्र रोक्न सकेपनि सवैको हितमा हुने उनीहरुको बुझाई रहेको पछिल्ला घटनाक्रमले पुष्टि गर्दै गएको छ । जहाँ साढे २ बर्ष पर्खिने त कांग्रेसले यसअघिबाटै प्रण गरिसकेको छ । अर्कातर्फ यो मोर्चाले कम्युनिष्टविचको धुव्रीकरण अझ बढ्न बुझेका देउवा त्यसको प्रभाव नेतृत्व हन्तारणसम्मका प्रभाव पार्ने अवस्था नआएसम्म खुसि नै हुने छन । तर नयाँ समिरकण बन्न नदिने अवस्था सिर्जना गर्ने र आफै नेतृत्वमा जाने प्रचण्डको रणनितिको प्रस्थानविन्दु नै यहि हुनसक्ने अवस्थालाई कांग्रेसले कसरी बुझछ त्यो हेर्न भने विषयले समेत नयाँ समिकरणको आधार निर्माण गर्ने हो ।