Breaking

४ राजनीतिक दलहरुको समाजवादी मोर्चा घोषणा, ७ बुँदे घोषणापत्रमा के छ ?


प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको नेकपा (माओवादी केन्द्र) सहित ४ राजनीतिक दलहरुले समाजवादी मोर्चा घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा भएको कार्यक्रममा चार दलका प्रमुखहरुले ७ बुँदे घोषणा पत्रमा हस्ताक्षर गर्दै समाजवादी मोर्चाको घोषणा गरेका हुन् ।

राष्ट्रियसभा गृहमाभएको विशेष समारोहमा विभिन्न ४ राजनीतिक दलहरुले समाजवादी मोर्चा घोषणा गरे । बहाल वाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरु सहभागी कार्यक्रममा प्रधानमन्मत्री पुष्पकमल दाहाल प्रचण्डसहित ४ राजनीतिक दलका प्रमुखहरुले ७बुँदे घोषणा पत्रमा हस्ताक्षरसहित समाजवादी मोर्चाको घोषणा गरे । लगत्तै नेताहरुले हाते मालो गरेर खुशी साटासाट गरे ।

समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी सहमति पत्र अनुसार मोर्चाको नेतृत्व आलोपालो हुनेछ । नीतिगत निर्णय गर्न अध्यक्षहरु सहितको संयोजन समिति हुनेछ भने स्थानीय तहसम्म विस्तार गर्न सकिने छ । समाजवादी मोर्चा घोषणा समारोहमा सहभागी नेपाल कम्युनिस्टपार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाली जनताको समाजवाद प्रतिको चाहाना पुरा गर्न समाजवादी मोर्चा नेपालको गठन भएको बताए ।