Breaking

बालेनको Action हर्कको साथ, चिरीबाबु विरोधमा, ‘आदिपुरुष’ ले जगाएको राष्ट्रियता


काठमाडौँ — भारतीय चलचित्र आदिपुरुषमा समावेश आपत्तिजनक सन्देश हटाउन चलचित्र निर्माण पक्षलाई काठमाडौ महानगरपालिकाले अल्टिमेटम दिइएको थियो । महानगरको चेतावनीपछि संवाद सच्याइएको भन्दै चलचित्र प्रर्दशनको तयारी भयो । तर लगत्तै चलचित्र लेखकको विवादास्पद अन्तर्वार्ता सार्वजनिक भएपछि यसको चौतर्फी विरोध भयो, फलतः देशभर चलचित्र प्रदर्शन रोकियो । असार १ गते शुक्रबारदेखि संसारभर प्रदर्शनमा आएको भारतीय चलचित्र आदिपुरुष प्रर्दशनमा आएको चार दिनमै नेपालका सिनेमा हलहरुबाट हटाइएको छ ।

प्रर्दशनको मिति तय हुनुपूर्व नै भारतीय वितरक कम्पनिले विवादित वाक्य हटाएर नेपाल पठाएको भन्दै नेपाली सेन्सर बोर्डले शुक्रवारदेखि चलचित्र प्रर्दशन गर्न अनुमति दिइएको थियो । तर काठमाडौ महानगरपालिकाका प्रमुख बालेन शाहले चलचित्रमा समावेश ‘जानकी भारतीय छोरी हुन’ भन्ने संवाद सच्याउन निर्देशन दिएका थिए । संवाद पूर्ण रुपमा नहटाएसम्म महानगरभित्र चलचित्र प्रर्दशन गर्न नदिने भने । महानगरले दिएको तीन दिने अल्टिमेटम अनुसार निर्माण पक्षले संवाद हटाएको दावी गरे पनि चलचित्रबाट उक्त संवाद नहटाई ‘म्यूट’ गरेर नेपालका चलचित्र हलमा देखाइयो ।

चलचित्र प्रर्दशनमा आउन साथ फिल्मका संवाद लेखक मनोज मुन्तशिरले भारतीय सञ्चार माध्यममार्फत ‘नेपाल भारतकै अंश थियो’ भनेर विवादास्पद अभिव्यक्ति दिन भ्याए । उनको आपत्तिजनक अभिव्यक्तिपछि चलचित्रमाथीको विरोध थप चर्कियो । पहिले आदिपुरुष मात्र प्रर्दशनमा रोक लगाइएको काठमाडौ महानगरले आदिपुरुष मात्र नभई अन्य हिन्दी चलचित्र समेत प्रर्दशनमा रोक लगाइएको छ । धरान उपमहानगरपालिका धरान उपमहानरपालिकाले समेत आदिपुरुष प्रर्दशन नगर्ने निर्णय गरे ।

चलचित्रका अन्य संवादका कारण पनि भारतमा समेत चर्को आलोचना खेपिरहेको आदिपुरुष चलचित्रलाई लिएर नेपालभित्र सडक र सदन चौतर्फि विरोध जारी छ । यसलाई दुई मुलुकबीचको चलचित्रको परिधि मात्र नभई दुई देशबीचको कुटनीतिक पक्षलाई समेत लिएर चासो बढेको छ । सरकारको ध्यानकर्षण समेत गराएको छ । उसो त नेपालमा विवादमा परेको आदिपुरुष पहिलो भारतीय चलचित्र भने होइन ।

यसअघि पनि चलचित्रमा गौतम बुद्ध भारतमा जन्मेका हुन भन्ने संवादका कारण ’चाँदनी चोक टु चाइना प्रर्दशन भएन । सन् १९८६ मा नेपाललाई भारतको हिस्सा भएको भन्ने खालका सन्देश दिएका कारण नेपालमा विरोध सहित प्रर्दशन गर्न दिइएको थिएन । त्यस्तै अनिकुमार रविना तन्डन अभिनित चलचित्र घरवाली बहारवाली चलचित्र समेत नेपालमा रोक लगाइएको विगत छ । नेपाल भारत सम्बन्ध जति बहु आयामिक छ, त्यति नै विवादित पनि । तर कुटनीतिक प्रयास फितलो हुँदा अझ भनौँ नेतृत्वले आवश्यक पहल कदमी नलिँदा भारतीयको बलमिच्याई प्रवृत्ति नेपालले खेप्दै आएको छ ।