Breaking

क्षणिक र आवेगमा समाजवादी मोर्चा गठन गरिएको होइन: प्रचण्ड


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्षणिक र आवेगमा समाजवादी मोर्चा गठन नगरिएको बताएका छन् । मोर्चा घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले धेरै ठूलो संघर्ष दुःख कष्ट र कमजोरीबाट पाठ सिक्दै प्रतिगमनका विरुद्ध नयाँ आन्दोलन सुरु गर्ने प्रतिवद्धताका साथ गठन गरिएको बताए । उनले यो कसैका विरुद्ध परिलक्षित नरहेको बताए ।

‘मोर्चा कसैका विरुद्ध परिलक्षित छैन । सबैलाई समेटेर नयाँ शिराबाट आफ्नै कमजोरीको समीक्षा गर्दै त्यसबाट पाठ सिक्दै समाजवादको नयाँ युगतिर नेपाललाई लिएर जाने संकल्पका साथ यो गठन भएको हो । उनले भने । उनले नेकपा गठनको परिस्थितिलाई स्मरण गर्दै एमालेसँगको पार्टी एकता गरेर अलि हतार गरिएको हो कि भन्ने महसुस गरिएको बताए ।

नेकपा बचाउन सकिएन । अहिले म कसैलाई दोष दिन चाहँदिन तर एकपटक ऐतिहासिक रुपले समीक्षा गर्नु जरुरी छ । पार्टी एकता गर्ने हतारो पो भएछ किरु मोर्चा बनाउनुपर्थ्यो कि रु’ उनले भने, ‘मोर्चाको बाटोबाट नगएर फड्किएर जाँदा दुर्घटना हुन सक्छ ।