Breaking

प्रतिनिधि सभाको बैठक बस्दै, आज पनि मन्त्रालयहरूको बजेटमाथि छलफल


काठमाडौँ – संघीय संसद अन्तर्गत सोमबार प्रतिनिधि सभाको बैठक बस्दैछ ।

प्रतिनिधि सभाको बैठक नयाँ वानेश्वरमा बिहान ११ बजे सुरू हुनेछ । बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय,परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको विनियोजन शिर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।

सोमबारको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले धारणा राख्नेछन् । सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको थियो।