Breaking

देउवा र ओली तह लगाउन प्रचण्डको मोर्चा, जोगिएला सत्ता ? (भिडियोसहित)


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका सक्रियताका विच पनि अलमलमा रहेको समाजवादी मोर्चा घोषणाको मिति टुङ्गो लागेको छ । संविधानप्रदत्त समाजवाद स्थापनाको लक्ष्य राखेको मोर्चाले नेकपासम्मको यात्रा गर्ने प्रचण्डको विश्वास छ । माओवादी सहित नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका राजनीतिक दल समेटिने आफै असफलहरुको मोर्चा सफल होला त ?

संविधान प्रदत्त समाजवाद स्थापनालाई प्रमुख प्राथमिकतामा राखी आज समाजवादी मोर्चा घोषणा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका राजनीतिक दलले समाजवादी मोर्चा निर्माणमा सहमति जुटाएका हुन् ।

सत्ता गठबन्धनमा रहेका र एमाले बाहेक कम्युनिष्टविचको एकताको आधारका रुपमा हेरिएको यो मोर्चा नेकपासम्मको यात्रा हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघिबाटै बताँउदै आएका छन । एकातर्फ अस्थित्वकै संकटमा रहेका तथा विगतमा संसदीय राजनीतिलाई नै दुत्कार्दै आएको एक शक्ती समेत मिसिने यो मोर्चाको न्यूनतम कार्यक्रमका बारेमा आवश्यक सहमति भईसकेको समेत दावी गरिएको छ । धेरै पहिलेबाट प्रयास हुँदै आएपनि सफलता नमिलेको यो र्माचाका लागि माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले लगातार विभिन्न राजनीतिक दलसँग यसबारेमा संवाद गर्दै आएका थिए ।

एकातर्फ ८८ सीटको नेपाली कांग्रेस र अर्कातर्फ ७८ सीटको नेकपा एमालेको दुई धुव्रका विच ५४ सीटको समाजवादी मोर्चा बनाएर विकल्पका रुपमा अग्रसर प्रचण्डले यसमा वामदेव गौतम समेत सहभागी हुने बताँउदै आएका थिए । आफ्नै संगठन विस्तार गर्दै वलियो बन्ने एमालेको रणनिति,नयाँ शक्तीमा देखिएको उभार र आफ्नो खस्कदो आकार र प्रभावका कारण पटक पटक पूर्व माओवादी घटकलाई समेत एक ठाँउमा ल्याउने प्रयास गरेका थिए । तर त्यसमा असफल भएका प्रचण्डले अहिले समाजवादी नामको अर्को मोर्चाका लागि प्रयास थालेपनि त्यसले पनि सफलता पाउन सकेको थिएन । तर आईतवारको बैठकले मोर्चाको न्यूनतम कार्यक्रमसमेत तय गरेको र आज नै सार्वजनिक गरिने बताइएको छ ।

जुन मोर्चामा बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी नेपालसमेत सहभागी हुने बताइएको छ भने उनको फोटो समेत व्यानरमा राखिदाँ भट्टराईलाई आईतबारको वैठकमा भने सहभागी गराईएको थिएन । यसरी रस्साकस्सीकैविच एक हुन कस्सीएका उनीहरुमा भने मोर्चाबाट ठुलै आशा गर्दै आएका छन । तर यसमा नसमेटिएका तथा सत्ताघटक गठबन्धनकै सदस्य जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी भने यसलाई वार्गेनिङको आधार निर्माण भन्दा माथि सोच्न नसकिने बताँउदै आएका छन ।

यता गठबन्धन भन्दा आफ्नै संगठन सुदृढिकरणमा लागेर सफल हुन नसकेको एमालेको अवस्थाले समेत प्रचण्डलाई उत्साहित बनाएको छ । कोशीमा देखिएको स्थिती,ग्रासरुट अभियानमा देखिएको असफलता र सदस्य नविकरणमा ६० प्रतिशतले गिरावट आएको खवरले समेत उनी कम्युनिष्टको विकल्प आफूले दिन सक्ने आशामा छन । जहाँ आफ्नै क्षेत्रमा जनमतबाट लखेटिएको जसपा,जुनसुकै समयमा पार्टीको ठुलो हिस्सा एमालेमा समाहित हुने खतरामा रहेको एकीकृत समाजवादी,बहुमत भन्दै नाम समेत अरुले लगिदिएपछि विरक्तिएका विप्लवका लागि समेत यो मोर्चाले आकार दिने आशा छ । जसलाई नजिकबाट नियालेको एमालेले समेत योविचमा मधेश सरकारमा जसपालाई विश्वासको मत दिएर अश्त्र फालिसकेको छ ।

७० बर्ष उमेर हद हटाएर एकातर्फ ओली फेरि नेतृत्वमा पुग्ने वाधा हटाएको उसले एकीकृतका केहि वृद्ध नेतामात्र नभई वामदेव गौतमलाई समेत आकर्षित गरिसकेको छ । यता ओलीले भने ‘समाजवादी मोर्चा’लाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘लिभिङ टुगेदर’को संज्ञा दिएका छन् । एमालेसँग मुकाबला गर्न र कांग्रेसलाई तर्साउने मोर्चाको उद्देश्य भएको उनको दावीका विच आफ्नै पार्टीलाई राम्रोसंग चलाउन नसकेकाहरुको स्वार्थ मिलनले बनेको मोर्चा सफल होला भन्नेमै प्रश्न उठन थालेको छ ।

पछिल्लो अवस्था हेर्दा मोर्चाको सुत्रधारकै रुपमा रहेका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र कम्युनिष्ट एकताको वकालत गर्ने वामदेव गौतम नै नसमेटिने अवस्थाले समेत यसमा प्रश्न उठेको छ । यद्यपी पछिल्लो समय सत्ता सहजता भन्दा माथि नसोचेका प्रचण्ड,सत्ताघटकले नै बजेट पास हुन नदिने तयारी र केहि तलमाथि परे कांग्रेसको हातमा स्वत नेतृत्व पुग्ने अवस्थामा प्रचण्डका लागि भने यो रणनितिक मुभ हुनेमा दुईमत छैन ।