Breaking

बाढीको बितण्डा, अझै ठूलो बाढीको जोखिम, पूर्वी पहाडमा जनधनको क्षति(भिडियो सहित)


काठमाडौँ – वर्षा लागेसँगै नेपालमा बाढी पहिरोको जोखिम बढेको छ । मनसुनको सुरुवाती चरणमा नै ठूलो क्षती भोगेको नेपालले प्रत्येक वर्षे वर्षायाममा जनधनको क्षती व्योहोर्नु नियती जस्तै बनेको छ ।

विगत वर्षहरुका तुलनामा कम वर्षा हुने अनुमान गरिएको यस वर्षको मनसुनको सुरुवाती चरणमा नै ठूलो क्षती देशले भोग्नु परेको छ । मनसुन भित्रिएको छोटो समयमा नै देशमा बाढी–पहिरोले वितण्डा मच्चाउन सुरु गरेको छ । प्रत्येक वर्ष नेपालले वर्षायाममा ठूलो जनधनको क्षती व्योहोर्दै आईरहेको छ । विपद् टार्न सक्ने कुरा त होइन यद्यपि, त्यसबाट हुने क्षती र जोखिमलाई कम गर्न पूर्व सावधानीनै उपयुक्त माध्यम हो ।

वर्षायाममा नेपालीले ज्यान र धन दुवै गुमाउने नियती, जस्तै बनिरहँदा सम्बन्धित निकायसँगै देशका तीनै सरकार लाचार भएर बाढी पहिरोको रमीता हेरिरहेका छन् ।

नेपालमा बाढी पहिरोको जोखिम प्रत्येक वर्षको हुने गर्छ । तर पनि सरकारले यसको पूर्व तयारी गरेको कहिल्यै देखिदैँन । सदनमा बाढी पहिलो बारे आवाज उठ्ने नगरेको पनि होइत तर, त्यो पनि औपचारिकतामा नै सीमित हुने गरेको छ । बाढी–पहिरो गईसकेपछि तत्काल उद्धार गर्न निर्देशन दिने र राहत भन्दै दुई चार बोरा चामल र केही थान त्रिपाल बाड्ने बाहेक सरकारले सम्झिन लायक काम गरेको देखिदैन ।

विपद् जोखिमका लागि सरकारले यस वर्षमात्रै सबै स्थानीय तहमा सात अर्वभन्दा बढी रकम भैपरी कोषमा राखेको छ । तर इमान्दारी र इच्छाशक्तिको कमीले गर्दा प्रत्येक वर्ष अर्वाै रकम बालुवामा पानी हाले जस्तै भएको छ । विपद् व्यवस्थापनको विषय नेपालीको प्राथमिकतामा नै पर्दैन । जे पर्छ त्यही टर्छ भन्ने मनोभावनाले पनि वर्षेनी क्षति व्यहोरी रहनु परेको छ । यदि विपद् आउनु अघि नै पूर्वतयारी गर्ने हो भने यसबाट जोखिम कम गर्न सकिने विज्ञ बताउँछन् ।

विपद् जोखिम न्यूनीकरणको कुरा जब विपद्बाट जनधनको क्षती भईसक्छ तब मात्र उठ्ने गर्छ । वर्षायाम सुरु हुन अघिसम्म नजर नपर्ने त्यतातर्फ विपद् भईसके पछि भने सबै निकायको ध्यान जाने गरेको छ । बारम्बार सम्बन्धित निकयलाई जानकारी गराउँदा पनि असारे भेल गाउँमा नपसेसम्म नतात्ने र जनताको उठिबास नलागेसम्म मौन रहने कारण यस्ता समस्या नेपालले वर्षेनी भोग्दै आइरहनु परेको छ ।