Breaking

प्रचण्डलाई किन टेर्दैनन् मन्त्री किराती ? सहि बोल्दा मन्त्री पद नै खुस्किने डर (भिडियोसहित)

चर्चा र विवादमा पर्यटनमन्त्री


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रीपरिषदमा अटाएका नयाँ अनुहार मध्येका एक हुन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती ।

मन्त्रालयगत जिम्मेवारीमा खरो उत्रिने प्रतिबद्धता जनाएका किराँती कार्यभार सम्हाले यता संधै चर्चामै छन । कहिले सम्पदा क्षेत्रमा कुचो लगाएर त कहिले आफ्नै अभिव्यक्तिले जति जनताको मन जितिरहेका छन उत्तिकै उनी आलोचित समेत हुँदै आएका छन ।

माघ तीन गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेदवारी पाएका मन्त्री सुदन किराँतीे पदभार ग्रहण लगत्तै आफ्नो कार्यकक्षमै दान पेटिकाले चर्चा पायो । मन्त्रीको चर्चा नहुने कुरै भएन । मन्त्री बन्नासाथ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अनुगमन र मातहतका कर्मचारीलाई दिइएको निर्देशनदेखि पशुपतिनाथ, बौद्ध स्वयम्भलगायत सम्पदा क्षेत्र सफाईमा आफै कुचो बोकेर सफाई गर्न उनी पुगिरहेका छन ।

नेपाल आउने पर्यटकले नाक मुख छोपेर हिँड्नु पर्ने स्थिति नहोस् भनेर सार्वजनिक स्थल सफाई अह्वान गरेका किराती आफै पनि शनिवार भयो कि सफाईमा खटिरहेका छन । मन्त्रीको काम भ्रष्टचारको जालोमा गिजोलिएको पशुपति विकास कोषको वेथिति सफा गर्ने कि कुचो बोकेर सडकपेटिकाको फोहोर सफा गर्ने भन्ने आलोचना स्वभाविक छ ।

किरातीको यो कदममा आम सर्वसाधरणले प्रशंसा मात्र गरेका छैनन् आफै सहभागी भएर उत्साहसमेत थपिरहेका छन् । राजनीतिक रुपमा समेत मन्त्री किराँतीले दिएका अभिव्यक्तिहरु जनतालाई हो है भन्ने बनाउन सफल छन । उनका टिकाटिप्पणी प्रायले जनताको मन जित्ने गरेको छ । नागरिकस्तरमा वाह वाई बटुलीरहेका छन ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड भारत गएर उपलब्धिको फेरिस्ता सुनाई रहेका बेला किरातीले भने भ्रमण उपलब्धिमुल नहुने भएरै आफु भ्रमणमा सहभागी नभएको बताए । नयाँ जहाज किन्नैपर्छ र नभएर मन्त्रालय खारेज गर्ने जस्ता अभिव्यक्ति पछिल्लो उदाहरण नियाले पुग्छ । तर किरातीका यस्ता अभिव्यक्ति उनकै क्याविनेटलाई पाच्य भईरहेको छैन । फलत उनको मन्त्री पद समेत धराप उन्मुख देखिन्छ । प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई सरकारमा ल्याएर सुदनलाई मन्त्रीबाट हटाएर सिके राउतलाई यो मन्त्रालय सुम्पिने हल्ला राजनीतिक वृत्तमा छ । मन्त्री किराँतीको काममा सत्तारुढ दलकै सांसदहरुले सात्तो खाईरहेका छन । पूर्व पर्यटनमन्त्री समेत रहेका सांसद प्रेम आलेले पर्यटनमन्त्री सुदन किरातीलाई स्टन्टमन्त्रीको संज्ञा दिँदै भ्र्रष्टाचारी र चोरको संरक्षक बनेको आरोप लगाएका छन् ।

यसअघि पर्यटन मन्त्रालयमा रहँदा चर्चामा रहेका आलेले बहालवाला मन्त्री किँरातीको चर्को आलोचना गरेका हुन् । उसो त प्रचण्डले नै रुचाएर मन्त्री बनेका किँरातीका पछिल्ला गतिविधिलाई जनमानसले भने स्वीकारिरहेका छन् । चर्चा र आलोचनाको पर्यायमा कार्यभार सम्हालिरहेका पर्यटनमन्त्री किँराती बरु आफ्नो पद गए जाओस्, तर आफ्नो सुर नछाड्ने पक्षमा छन् ।