विदेश

केदारनाथ यात्रामा ६८ जनाको मृत्यु


काठमाडौँ — केदारनाथको द्वार खुलेपछि धाममा हालसम्म ६८ जना तीर्थयात्रीको मृत्यु भएको छ ।

२५ अप्रिलमा केदारनाथमा यात्रा सुरु भएदेखि दुई महिनाको अवधिमा हालसम्म ६८ तीर्थयात्रीको मृत्यु भएको हो । अधिकांशको मृत्यु हृदयघातका कारण हुने गरेको छ ।

स्वास्थ्य विभागले अहिलेसम्म तीन हजारभन्दा बढी यात्रुलाई अक्सिजन सुविधा उपलब्ध गराएको छ । गत वर्षको तुलनामा यो संख्या कम हो । केदारनाथ यात्राको मुख्य बिसौनीसँगै हिँड्ने मार्गमा पनि तीर्थयात्रीको स्वास्थ्य परीक्षण भइरहेको छ । सोनप्रयागमा स्वास्थ्य विभागका चिकित्सक र प्यारामेडिकल कर्मचारीले सम्बन्धित यात्रुको सुगर, रक्तचाप र अक्सिजनको मात्रा जाँच गरिरहेका छन् ।

केदारनाथ धाम दर्शन गर्न आउने भक्तजनको स्वास्थ्यमा समस्या देखिएमा स्वास्थ्य विभागले तत्काल स्वास्थ्य परीक्षण गरी उपचार गरिरहेको प्रमुख चिकित्सा अधिकृत डा। एचसीएस मार्तोलियाले बताए । आइतबार आकस्मिक र ओपिडीसहित १ हजार ८९१ भक्तजनको स्वास्थ्य परीक्षण र उपचार गरिएको थियो ।

हालसम्म ओपीडी र आकस्मिक सुविधासहित १० हजार ३५६ र ओपिडीबाट मात्र ९२ हजार ५६२ तीर्थयात्रीको उपचार भएको छ । जसमा ७३ हजार १८२ पुरुष र १९ हजार ३८० महिला रहेका छन् ।