Breaking

कोशी प्रदेशमा आगामी तीन दिन भारी वर्षाको सम्भावना


काठमाडौँ – देशको पश्चिमतर्फ फैलिँदै गएको मनसुनी प्रणाली पूर्वी तथा मध्य भागमा भने सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज रातिदेखि सुदूरपश्चिम प्रदेशमा समेत वर्षा हुनेछ ।

हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । साथै कोशी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्का वर्षा भइरहेको छ ।

आंशिकदेखि सामान्य बदली भई आज दिउँसो कोशी प्रदेशको केही स्थान, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान र देशको बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको थोरै स्थान तथा बाँकी भू-भागका ‍एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्क देखि मध्यम वर्षा हुनेछ । कोशी प्रदेशको एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ ।

राती कोशी, बागमती, मधेस र लुम्बिनी प्रदेशको एक/दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।