Breaking

समाजवादी मोर्चाको घोषणा आज


काठमाडौँ — प्रगतिशील र समाजवादी शक्तिहरूको गठबन्धन समाजवादी मोर्चा आज घोषणा गरिँदै छ ।

मोर्चामा आबद्ध हुने जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्रमान श्रेष्ठका अनुसार आज अपराह्न राष्ट्रिय सभा गृहमा कार्यक्रम आयोजना गरी समाजवादी मोर्चा घोषणा गरिने भएको हो ।

सत्तारूढ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङका अनुसार आज घोषणा हुने समाजवादी मोर्चामा आफ्नो पार्टीसहित नेकपा एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी ९नेसपा० सहभागी हुनेछन् । मोर्चाको नाम ‘समाजवादी मोर्चा नेपाल’ राखिने बताइएको छ ।

यस्तो छ समाजवादी मोर्चा नेपालको प्रस्तावित संरचना

नेताहरूका अनुसार मस्यौदामा समाजवादी मोर्चा नेपाललाई अंग्रेजीमा ‘सोसलिस्ट फ्रन्ट नेपाल’ भनिएको छ ।

आलोपालो अध्यक्षको व्यवस्था प्रस्ताव गरिएको छ । तोकिएको व्यक्ति र तोकिएको संख्या रहने उल्लेख गरिएको छ। दलहरूका सदस्यताका आधारमा सो संख्या राखिएको छ । ७५३ वटै स्थानीय तहसम्म पुग्नेगरी मोर्चाको संयन्त्र बनाइएको छ ।

देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजान मोर्चा बनाउनुपरेको दाबी उनीहरुले गरेका छन् ।